Section 29
समितिको बैठक
(१) अध्यक्षले तोकेको मिति, स्थान र समयमा समितिको बैठक बस्नेछ ।
(२) समितिको बैठक वर्षमा कम्तीमा आठ पटक बस्नेछ र दुई बैठकको बीचको अवधि दुई महीना भन्दा बढी हुने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि छलफल गर्न खोजिएका विषय सूची सहित कम्तीमा एक तिहाई सञ्चालकहरूले लिखित अनुरोध गरेमा अध्यक्षले सात दिन भित्रमा समितिको बैठक बोलाउनु पर्नेछ ।
(४) कम्तीमा आधाभन्दा बढी सञ्चालकहरू उपस्थित नभई समितिको कुनै पनि बैठक बस्ने छैन ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सञ्चालकहरूले आफूमध्येबाट छानेको सञ्चालकले समितिको बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(७) समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण छुट्टै किताबमा लेखी राख्नु पर्नेछ ।
(८) समितिको बैठकसम्बन्धी अन्य कुराहरू समिति आफैले निर्धारण गर्न सक्नेछ ।